आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शुक्रबार जीप दुर्घटना हुँदा खोलामा बेपत्ता भएका चालक अझै फेला परेनन्

शुक्रबार जीप दुर्घटना हुँदा खोलामा बेपत्ता भएका चालक अझै फेला परेनन्

रोल्पा । रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा बेपत्ता भएका चालक अझै फेला परेका छैनन् । रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका हुन् ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल माडी खोलामा खसेर दुर्घटना भएको थियो ।
नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरेपनि आइतवार बिहानसम्म फेला पार्न सकेको छैन । नेपाली सेनाको बटुक दल गणको टोली शनिबार नै सदरमुकाम लिबाङ फर्किएको र प्रहरीले अहिले पनि खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षका मनोज चन्द घाइते भएका थिए । हाल उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ । शुक्रबार राति भएको दुर्घटनाबारे प्रहरीले शनिबार विहान मात्र जानकारी पाएको थियो । खोलामा खसेको जीप बटुकदल गणबाट सेनानी निराकार युद्ध खाँणको नेतृत्वमा १६ जनाको टोली घटनास्थल गएको थियो । पानीको वहाव वढेका कारण खोलाको पानीमा डुबेको उक्त जीप निकाल्न सकिएको थिएन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend