logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउँछौँः पम्फा भुसाल

    बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउँछौँः पम्फा भुसाल

    7.2K
    Shares
    बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउँछौँः पम्फा भुसाल

     

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताएकी छन् । आईतवार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

    उनले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताइन् । मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा,पुरबास लगायतको काम करिव सकिन लागेको बताइन् । उनले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताइन् । मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताइन् ।

    उनले भनिन्,‘ बर्खामा विद्युत बढी हुने र हिउँदामा विद्युत आयात गर्नुपर्ने अवस्था रहेको छ । अब ७ सय मेगावाट विद्युत थप हुँदा हिउँदमा विद्युत आयात गर्ने परिणाम घट्छ । तर ३६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्छ भनेर पहिले नै विद्युत प्राधिकरणले अध्ययन गरेर अगाडि बढाएको अपर अरण,दुध कोशी र बुढीगण्डकी रहेका छन् । बुढीगण्डकी बनाउन केही समय लागेको छ । अब यसलाई बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने योजनामा छौं । १२ सय मेगावाटको स्टोरेज भनेको सामान्य कुरा होइन । यो आयोजना बहुउद्देश्य हो । सबै प्रक्रिया भएको छ । कम्पनी दर्ता प्रक्रियामा गएका छौं । यो आयोजना नेपालको पाँचौं नम्बरमा पर्छ । यो एक वर्षको समयमा मन्त्रालयले गरेको महत्वपूर्ण काम हो ।’

    मन्त्री भुसालले आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई क्यू निःशुक गरेको बताइन् । उनले अहिले नेपालको विद्युत उत्पादन ८३ हजार भनेपनि आर्थिक रुपमा ४३ हिसाव गरिएको बताइन् । मन्त्री भुसालले सरकारको तथ्याङ्कमा ६ हजार ५ सय पीपीए भएको देखिएपनि १५ सय कसैको झोला रहेको बताइन् । उनले १५ सय मेगावट विद्युत कसको झोलामा रहेको छ राज्यको स्रोत भएकाले सरकारले अनुसन्धान गर्ने बताइन् । मन्त्री भूसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताइन् । उनले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत निर्यात गर्न सरकार सफल भएको दाबी गरिन् ।

    उनले भनिन्,‘ मन्त्रालयले विद्युत उत्पादकहरुलाई क्यू निःशुल्क ग¥यौं । सरकारले क्यू निःशुल्क गर्दा औसतमा आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत थप हुन्छ । अहिले नेपालको विद्युत उत्पादन आर्थिक रुपमा ४३ हिसाव गरिएको छ । हामीले ८३ हजार भनेका छौं । पछि टेक्नोलोजीको विकाससँगै अन्य पनि भाइवल होलान् । सबै विषय पैसाले निर्धारण गर्दैन। क्यू भनेको पहिला विद्युत उत्पादनको लाइसेन्स लिएको छ । पहिला पीपीए गर्नुभएको छ । ६५ सय हाम्रो पीपीए भएको रहेछ । १५ सय कसको झोलामा छ थाहा छैन । पीपीए नगर्दा अर्को कुरा हो त्यसको मन्त्रालय खोजि गर्दैछ । त्यो पनि राज्यको स्रोत हो । चार वर्षदेखि रोकिएको विद्युत उत्पादन सम्झौता पीपीए रोकिएको थियो ।

    अहिले हामीले १५ सय भन्दा बढीको पीपीए गर्ने भनेर खोलेका छौं । यसलाई सरकारले रोक्दैन । बंलादेशमा विद्युत निर्यात गर्नुपर्ने छ । विद्युत उत्पादन गर्न स्वदेशीलाई ३० वर्ष विदेशीलाई २५ वर्ष दिन्छौं । विद्युत उत्पादनको लाइसेन्स लिएर राज्यलाई कण्डीसन नै बुझाउनु पर्छ । उत्पादन गर्नेलाई सरकारले प्रोत्साहन नै गर्ने हो । विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेर नै लोडसेडिङको अन्त्य र विदेशमा विद्युत व्यापार गर्न सफल भएका छौं । अब सरकारले विद्युत व्यापारको लागि लाइसेन्स दिनुपर्छ भने कुरा आएको छ । त्यो पनि नियमावली बनाएर ऐनको लागि संसदमा पेस गरिएको छ ।’

    मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताइन् । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको बताएकी छन् । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताएकी छन् । मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताइन् । विद्युत आधारभुत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको जानकारी दिएकी छन् ।

    समग्र विद्युत महशुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको पनि उनले जानकारी दिइन् । देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उनले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले जानकारी दिइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend