logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चाडपर्वमा यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह

    चाडपर्वमा यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह

    6.6K
    Shares
    चाडपर्वमा यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेका छन् । सहमहामन्त्री यादवले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायामा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

    कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहेका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गरेका थिए । उनले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

    भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजक रहेको बताएका थिए । उनले मुख्य चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पारे । भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिती थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend