आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मुक्तिनाथ कृषि कम्पनीका एकैसाथ थपिए आठ सहायक कम्पनी

मुक्तिनाथ कृषि कम्पनीका एकैसाथ थपिए आठ सहायक कम्पनी

काठमाडौँ – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौंथो स्थापना दिवसको अवसरमा आठ सहायक पब्लिक कम्पनीहरुको एकसाथ घोषणा गरेको छ।

चौंथो स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा कम्पनीले कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक सहायक कम्पनीको रुपमा क्रमश मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ को स्थापना गरेको हो ।

कम्पनीको चौंथो बार्षिक उत्सवको अवसरमा बोल्दै कम्पनीका अध्यक्ष भरतराज ढकालले नेपालको दिगो बिकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको समग्र बिकासका लागी विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने उदेश्य सहित बिउ, मल, नर्सरी, पशुपक्षि एग्रोभेसनरीजडिबुटी खाद्यान र ट्रेड्रीङ्ग गरी एकैपटक आठ वटा सहायक कम्पनी घोषणा गर्न पाउँदा मुक्तिनाथ परिवार गौरवान्दित भएको महसुस गरेको बताउनु भयो।

‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ नारासहित काम गर्दै आएको कम्पनीले हाल देशका सातवटा प्रदेशका ६२ जिल्लामा आफ्ना व्यवसायिक साझेदारीको माध्यमबाट विभिन्न वस्तु तथा सेवाहरुको प्रवाह गरीरहेको बताउदै अहिले पोखरा, बुटवल, चितवनमा कम्पनीको क्षेत्रीय कार्यालयहरु स्थापना भैसकेका र निकट भविष्यमै इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा पनि थप शाखाहरु बिस्तार गर्ने योजना रहेको बताउनु भयो ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको चौंथो बार्षिक उत्सवको अवसरमा बोल्दै मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले अध्यक्ष ढकालको ठुलो मिहनेत र संघर्षले कम्पनीले आजको सफलता हाँसिल गरेको बताउनु भयो ।

देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा कम्पनीहरुको स्थापना गरिएको हो ।

कम्पनीले स्थापना कालदेखि नै निरन्तररुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार कम्पनी तथा फर्महरु, कृषक समूह, सहकारी संस्थाहरुसँग सहकार्य गर्दै कृषिको मूल्यश्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निभाउँदै आएको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणहरुको २० प्रतिशत लगानी रहने व्यवस्था छ । यसबाट ग्राहकलाई बीउ, मल बैंक, नर्सरी बैंकको लगायतको सुविधा उपलब्ध छन् ।

थप फोटो 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend