मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

२४ बुँदे माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

२४ बुँदे माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । विभिन्न २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समितिका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् ।

‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि हट्दनौं,’ आन्दोलनरत कर्मचारीमध्यका एक शिव प्याकुरेलले बताए । उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा समेत दिएका छन् ।

आगमी २१ भदौसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने प्याकुरेलले बताए । आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend