logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी टुर भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन

    ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी टुर भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन

    14.1K
    Shares

    काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका छात्रा, छात्रले ट्रफीको भव्य रुपमा स्वागत गरे भने स्थानीयवासीले बाजागाजासहित ट्रफीको स्वागत गरे ।

    ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि भ्रमणमा सहभागी छन् । ट्रफीसँग विभिन्न विद्यालयका छात्र, छात्राले अवलोकन गरे ।

    विश्वकप क्रिकेटको ट्रफी सोमवार नेपाल आईपुगेको थियो । क्रिकेट विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपालमा ल्याइएको थियो भने ट्वान्टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । इङ्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकपको ट्रफी नेपालको काठमाडौं र पोखरा पु¥याइएको थियो । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको क्यानले जनाएको छ । क्रिकेट प्रवद्र्धनको लक्ष्यसहित विभिन्न राष्ट्रमा ट्रफी भ्रमण गराउने आईसिसि निर्णयसँगै नेपालमा ल्याएको हो ।

    विश्वकपको आयोजनाको १०० दिने गणना अनुसार विभिन्न राष्ट्रमा भ्रमण गराउने लक्ष्य ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ । निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ । १६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ शहरमा हुने तालिका छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend