शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नागरिकता विधेयकबारे विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा टेबल गर्ने तयारी

नागरिकता विधेयकबारे विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा टेबल गर्ने तयारी

 

काठमाडौं । राष्ट्रिय सभाको विधायन समितिमा पठाइएको नागरिकता विधेयक हुबहु पारित भएको छ। यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो।

राष्ट्रिय सभाको विधायन समितिका दुई बैठकमा नागरिकता विधेयकमाथि छलफल भए पनि कुनै हेरफेर गरिएन। बहुमतका आधारमा बुधबार समितिबाट पास भएको थियो।

बिहीबार अपरान्ह ३ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। यो बैठकमा विधायन समितिको प्रतिवेदन टेबुल गर्ने तयारी छ। विधायन समितिमा नेकपा एमालेका सांसदहरूले भने नागरिकता विधेयकबारे फरक मत राखेका थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend