काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।
याे पनि: