
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको छ।
एक बालिकालाई बलात्कार गरेको भन्दै कप्तान लामिछाने विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा छन् । सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ।
सन्दीप सामाजिक सञ्जालमार्फत पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend