logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीपले क्यानलाई भनेः कानूनी उपचारमा सहयोग गरिदिनु पर्यो, म सिपिएल म्याच सकेर फर्किन्छु

    सन्दीपले क्यानलाई भनेः कानूनी उपचारमा सहयोग गरिदिनु पर्यो, म सिपिएल म्याच सकेर फर्किन्छु

    15.7K
    Shares
    सन्दीपले क्यानलाई भनेः कानूनी उपचारमा सहयोग गरिदिनु पर्यो, म सिपिएल म्याच सकेर फर्किन्छु

     

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूबिरुद्ध जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

    हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुगेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्तीकरणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए । उनले क्रिकेटर लासमछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिए । फोनवार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताए । उनले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताए । उनले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्तीकरणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताए ।

    उनले भने, ‘हिजो राति क्यानले नै सम्पर्क ग¥यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन । भन्ने किसिसमको कुरा गयो । क्यानले सहयोग गर्नुपयो । कानूनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सिपिएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भन्यो । प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आइसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि त्यहीअनुसार कानूनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आइसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।’

    क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिएका थिए । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले आफूलाई क्रिकेटरले जबरजस्तीकरण गरेको भन्दै मंगलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend