आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मिटरब्याज पीडित र प्रहरीबीच झडप, ६० जना पक्राउ

मिटरब्याज पीडित र प्रहरीबीच झडप, ६० जना पक्राउ

 

काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।

कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको हो ।

प्रदर्शनमा सहभागी ५०–६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend