आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सभामुख गठबन्धनको बफादार कार्यकर्ता रहदाँ संसदको कार्यकाल राम्रो भएन : ईश्वर पोखरेल

सभामुख गठबन्धनको बफादार कार्यकर्ता रहदाँ संसदको कार्यकाल राम्रो भएन : ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् । सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहो¥याए ।

उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको समेत प्रतिक्रिया दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट हुन नसकेको गुनासो गरे ।

उनले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसदको भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दावी गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend