आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बढ्यो सुनको मुल्य, आजको कारोबार मुल्य कति ?

बढ्यो सुनको मुल्य, आजको कारोबार मुल्य कति ?

काठमाडौं । असोज महिनाको पहिलो कारोबार दिन आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

भदौ महिनाभरमा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले घटेको छ । भदौको पहिलो कारोबार दिन तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य अन्तिम कारोबार दिनसम्म आइपुग्दा ९१ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जबकी, असोज महिनाको पहिलो कारोबार दिनमा नै तोलामा ३०० रुपैयाँले बढेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend