मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नेपालको गरिबी निवारण गर्ने मेरो पार्टीको चाहाना हो : माधव नेपाल

नेपालको गरिबी निवारण गर्ने मेरो पार्टीको चाहाना हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु नै मुख्य भएको बताएका हुन् । अध्यक्ष नेपालले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको बताए ।

उनले पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको उल्लेख गरे । अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण र समाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गरे । जनताको मुहार उज्यालो बनाउने आफूहरुको लक्ष्य भएको उनको भनाई छ ।

अध्यक्ष नेपालले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताए । कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने उनको भनाई थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend