सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै, आज एकैदिन १५० जना एमालेमा प्रवेश

चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै, आज एकैदिन १५० जना एमालेमा प्रवेश

 

चितवन । चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । चितवनमा १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका छन् । माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो ।

चितवनका विभिन्न पालिकाबाट १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई एमाले पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलगायतले स्वागत गरेका थिए ।

यसअघि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले परियारसँगै माओवादी नेता अन्जन तिमिल्सिना र अन्य नेताहरुलाई एमाले प्रवेश गराएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend