सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पूर्व पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

पूर्व पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

झापा । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् ।

मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा–६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका– ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका उनको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend