आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३५ सय बढी सवारी चालक कारवाहीमा

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३५ सय बढी सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५३२ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा भएको चेकजाँचबाट मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जसमध्य मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend