logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • बैंकहरुले ब्याज बढाउनु अस्वभाविक : महासंघ उपाध्यक्ष ढकाल

    बैंकहरुले ब्याज बढाउनु अस्वभाविक : महासंघ उपाध्यक्ष ढकाल

    7.5K
    Shares

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए ।

    वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता विस्तार गर्न समेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताए ।

    पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend