logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • वीर अस्पताल अगाडिका फार्मेसी काठमाडौं महानगरले डोजर लगाएर हटायो

    वीर अस्पताल अगाडिका फार्मेसी काठमाडौं महानगरले डोजर लगाएर हटायो

    4.4K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि संचालन हुँदै आएका फार्मेसी डोजर लगाएर हटाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर लगाएको हो । अनधिकृत संरचना हटाउन आज बिहीबारसम्मको समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

    हाल फार्मेसी रहेको स्थानमा वीर अस्पतालले पार्क बनाउने भनेको मा फार्मेसी सञ्चालन गरेको महानगरले जनाएको छ । मेयर बालेन शाहको सचिवालयका एक सदस्य, कुमार व्यञ्जनकारले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको बताए ।

    वीर अस्पतालले २०७६\७७ मा नै उक्त जग्गा खाली गराउन खोजेको थियो। वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको उनले बताए। अब यो ठाउँमा पार्क बन्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend