logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

    आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

    3.5K
    Shares
    आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

    मेष : सहयोग गर्छु भन्नेले नै झुक्याउने जोखिम देखिन्छ। कुनै कामको सुरुवात गर्नु अगाडि सोच विचार गर्नुपर्ने दिन छ। व्यवसायमा मन अशान्त हुनेछ। परिवारको तर्फबाट भने शान्ति मिल्नेछ।

    वृष : आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

    मिथुन : सोचेको काम बन्नेछ। इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

    कर्कट : प्रतिस्पर्धामा अब्बल ठहर हुने दिन छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंको साथ महत्त्वपूर्ण हुन्छ। सामाजिक क्षेत्रमा भने झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ।

    सिंह : कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रामा भने सचेत हुनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ।

    कन्या : रमाइलो यात्राको योग छ। यो यात्राले दीर्घकालीन योजना बनाउने छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

    तुला : मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। व्यवसायमा उन्नति हुनेछ।

    वृश्चिक : तर्क गरेर जित्नुपर्ने दिन छ। प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। जटिल भनिएको काम सहजै बन्नेछ।

    धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारमा भने विवाद हुने जोखिम छ। पढाइमा ध्यान दिनु राम्रो हुन्छ।

    मकर : लामो समयदेखि रोकिएको काम बन्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

    कुम्भ : दिन राम्रो छ। कर्मचारी भए बढुवा हुनेछ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

    मीन : दिन रमाइलोमा बित्नेछ। तपाईंलाई भावनात्मक साथ र सहयोग गर्ने धेरै छन्। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend