logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • शेयर बजारमा भारी अंकको गिरावट, १९६ कम्पनीको शेयर मूल्य घट्यो

    शेयर बजारमा भारी अंकको गिरावट, १९६ कम्पनीको शेयर मूल्य घट्यो

    845
    Shares
    शेयर बजारमा भारी अंकको गिरावट, १९६ कम्पनीको शेयर मूल्य घट्यो

    काठमाडौं । आज शेयर बजारमा भारी गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४.५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ ।

    आज ४२ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५६ प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले गुमाएका हुन् । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको २.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशतले शेयर मूल्य घटेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend