आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले बोलायो दलका प्रतिनिधि

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले बोलायो दलका प्रतिनिधि

काठमाडौं । संघीय तथा प्रदेश सभामा भाग लिने दलसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ । दलका प्रमुख तथा पदाधिकारीसँग निर्वाचन लक्षित छलफल गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग छलफल गर्न लागिएको जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई बोलाइएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend