आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

समानुपातिक सुची हेरफेर गर्न कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा

समानुपातिक सुची हेरफेर गर्न कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित पार्टीका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने लगायत विषयमा छलफल गर्न आज बिहान १० बजेदेखि बालुवाटारमा छलफल जारी छ । असोज ३ मा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर कांग्रेसभित्रै विरोध आएपछि संशोधन गर्न लागिएको छ।

कांग्रेसका एक पदाधिकारीले दिएको जानकारी अनुसार समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्न सभापति शेरबहादुर देउवा सहमत भएकोले तीन दिनदेखि यो विषयमा छलफल भइरहेको छ।निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने भए असोज १६ भित्र संशोधन गर्न दलहरूलाई भनेको छ।

कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकटहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै धर्ना लगायतका कार्यक्रम गरेका थिए। प्रतिनिधि सभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो। यी नाम पनि पछि समानुपातिक सांसद हुन नपाउने गरी तलतल राखिएपछि कोइराला पक्षका नेताहरू असन्तुष्ट थिए।

आज कोइराला पक्षका केही नेताहरूको नाम समावेश गरेर समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने तयारी रहेको कांग्रेसका एक नेताले बताए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend