शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेपछि विवेकशीलले थाल्यो मिलन पाण्डे समूहसँग छलफल

रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेपछि विवेकशीलले थाल्यो मिलन पाण्डे समूहसँग छलफल

An interview with Bibeksheel Nepali Dal leader Milan Pandey, on, October 31, 2019. Photo: Naresh Krishna Shrestha/THT

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो ।

हाल विवेकशील साझा पार्टीमा प्रवक्ता रहेका प्रकाशचन्द्र परियार भन्छन्, ‘मिलन पाण्डेजीहरुले पहिले जुन माग उठाएर संघर्ष गरिरहनुभएको थियो, त्यो विषय उठाउने व्यक्ति नै यहाँ नरहेपछि स्वतः हामी एक ठाउँ भइसक्यौं ।’ उनले अब पार्टीमा कोही राजतन्त्रवादी बाँकी रहे उनीहरुलाई कारबाही गरिने बताए ।

‘पाण्डेजीहरुले जुन कुरामा आवाज उठाउनुभएको थियो, त्यसको नेतृत्व र त्यो अपेक्षा राख्ने मान्छे नै यहाँ नभएपछि त्यो स्वतः कारबाही भइसकेको छ,’ परियारले भने, ‘अब मिलेर वैकल्पिक राजनीतिलाई अघि बढाउँछौं ।’

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरेर विवेकशील साझा पार्टीलाई वृहत वैकल्पिक शक्तिको केन्द्र बनाउन अन्य समूहहरुसँग पनि छलफल भइरहेको उनले बताए ।राजसंस्था पुनर्स्थपनाको एजेन्डा बोकेका मिश्र पक्षबाहेक अन्य नेताहरु आफूहरुसँगै रहेकाले पार्टीलाई उनको राप्रपा प्रवेशले असर नगर्ने उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend