सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गोरखा दरबारले पठायो हनुमानढोकाका लागि फूलपाती

गोरखा दरबारले पठायो हनुमानढोकाका लागि फूलपाती

पोखरा । गोरखा दरबारस्थित दसैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

फूलपातीको डोली बा २ झ ३८८२ नं को सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

कार्यालयका कर्मचारीसमेत रहेका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हनुमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरू गरेदेखि बर्सेनि वडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपाती सहितको डोली काठमाडौंको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दसैं घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend