
काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए । काठमाडौंबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रिबस आफैं अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौं र तीन जनालाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend