
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्।
किशोरीलाई बलात्कार गरेको आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने जनाएका हुन्।
‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।
‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु।’ उनले लेखेका छन्, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’
उनले कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने संयन्त्रको मागसमेत गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend