मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बाराको अमलेखगञ्जमा बस दुर्घटना, १५ जना गम्भिर घाईते

बाराको अमलेखगञ्जमा बस दुर्घटना, १५ जना गम्भिर घाईते

काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना भएको छ । नारायणगढबाट पथलैया हुँदै वीरगञ्जका लागि छुटेको बा०६ ००१ ख ०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend