मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बारा बस दुर्घटना : घाइते २० जनालाई थप उपचारका लागि भरतपुर पठाइयो

बारा बस दुर्घटना : घाइते २० जनालाई थप उपचारका लागि भरतपुर पठाइयो

चितवन । बारामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको मकवानप्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । मृतकको भने सनाखत हुन बाँकी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend