logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मनोनयन दर्ताको कार्यतालिका हेरफेर गर्न निर्वाचन आयोगलाई दलहरुको दबाब

    मनोनयन दर्ताको कार्यतालिका हेरफेर गर्न निर्वाचन आयोगलाई दलहरुको दबाब

    2.7K
    Shares

    काठमाडौ । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका हेरफेर गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् । केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका हेरफेर गर्न आग्रह गरेका हुन् ।

    निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज आगामी आइतबारका लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् । तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचनको तालिका हेरफेर गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् ।

    झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा पजि प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाई भएको उनीहरको तर्क छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले भने निर्वाचन कार्यतालिका हेरफेर गर्न नमिल्न बताउँछन् । आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend