मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बामदेव : हाम्रो पार्टीले कसैलाई समर्थन गरेको छैन,स्वविवेक ले भोट गरौं

बामदेव : हाम्रो पार्टीले कसैलाई समर्थन गरेको छैन,स्वविवेक ले भोट गरौं

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले मंसिर ४ गतेको निर्वाचनमा कुनैपनि पार्टीलाई सहयोग नगर्ने भएका छन् । गौतमले आज विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धन दुबै बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध भएको गौतमको ठहर छ । यी गठवन्धनका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको भन्दै गौतमले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन । उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’

यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही नरहेको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend