आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेदरल्याण्ड्सले युक्रेनलाई मिसाइल सहयोग गर्ने

नेदरल्याण्ड्सले युक्रेनलाई मिसाइल सहयोग गर्ने

काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो ।

यसअघि अमेरिका र जर्मनीले पनि युक्रेनलाई सहयोगको घोषणा गरेका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले अमेरिका र जर्मनीले आधुनिक हवाई प्रतिरक्षा प्रणाली सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

रुसले सोमबार र मंगलबार युक्रेनको राजधानी किएभसहित धेरै शहरहरुमा हवाई हमला गरेको छ । साथै ऊर्जा र सैन्य क्षेत्रमा पनि आक्रमण भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend