logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रत्यक्षतर्फको मतपत्र छाप्न थाल्यो निर्वाचन आयोग

    प्रत्यक्षतर्फको मतपत्र छाप्न थाल्यो निर्वाचन आयोग

    1.8K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । बिहीवार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताए । उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताए ।

    उनले भने ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु हुन्छ ।’ रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा। कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त
    भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गरे । उनले उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए ।

    उनले कानूनी रुपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यही अनुसार कानूनी कारबाही हुने बताए । न्यायाधीशहरु नै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरु भएको उल्लेख गर्दै प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काममा त्रुटी हुन नसक्ने जिकिर गरे ।

    उनले निर्वाचनका लागि कानूनमा अभ्यस्त भएको व्यक्तिलाई नै पठाएको भन्दै कानून, ऐन, नियम, आयोगले बनाएको निर्देशिका लगायत सम्पूर्ण कारबाही हेरेर नै निस्कर्ष निकालेकोमा आयोग विश्वस्त रहेको बताए ।

    निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिहरुलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो ।

    उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend