आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आफु बहाल रहेको पालिकामा चुनाव प्रचार नगर्न स्थानीय तहका जनप्रतिनिधीलाई आयोगको निर्देशन

आफु बहाल रहेको पालिकामा चुनाव प्रचार नगर्न स्थानीय तहका जनप्रतिनिधीलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आफू बहाल रहेको पालिकामा प्रचार नगर्न निर्देशन दिएको छ । आचारसंहिता पालनाबारे सात बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो भनेको हो।

आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिवन्धात्मक अशको खण्ड ४ बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जादा वा आउँदा समेत सरकारी साधन तथा जनशक्ति उपयोग नगर्ने ।

आयोगले कात्तिक १२ गतेअघि कुनै पनि राजनीतिक उम्मेदवारले आमसभा तथा कोणसभा नगर्न निर्देशन दिएको छ। आयोगले अनुमति दिएको सवारी साधनमात्रै प्रयोग गर्न आयोगले भनेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend