आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गठबन्धनमा शंका पैदा हुने काम नगर्न देउवाको कार्यकर्तालाई आग्रह

गठबन्धनमा शंका पैदा हुने काम नगर्न देउवाको कार्यकर्तालाई आग्रह

पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए ।

‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए । हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend