
काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन स्वभाविक रहेको बताएका छन्।विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका हुन्।
एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंग उप्काउँदै देउवाले त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलमाथि प्रश्न समेत गरेका छन्। ‘ओलीले पनि गठबन्धन गर्नुभएकै छ। उहाँले गर्दा हुने हामीले गर्न नहुने?’ उनले प्रश्न गरे ।
गठबन्धनबारे कुनै पनि द्वविधामा नरहन पनि देउवाले कार्यकर्तालाई आग्रह गरे । ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ। कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने। गठबन्धनले बहुमत ल्याएमा सबैका लागि अवसर सिर्जना हुने देउवाको आश्वासन छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend