शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

समानुपातिकका ५५० उम्मेदवारको नाम सुचीबाट निर्वाचन आयोगले हटाईदियो

समानुपातिकका ५५० उम्मेदवारको नाम सुचीबाट निर्वाचन आयोगले हटाईदियो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाईदिएको छ । दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो ।

जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना परेका छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।

उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ । अल्पसंख्यक र लैंगिक सूचनाको अस्पष्टताका कारण पनि केही उम्मेदवारको नाम हटाएको आयोगले जनाएको छ ।

लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको हो ।

मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम हटेको छ । प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् । आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend