शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

उम्मेदवारको अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न मतदातालाई आयोगको आग्रह

उम्मेदवारको अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न मतदातालाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चुनिन पाउने अधिकारमाथि नै हनन् हुने खालका सामग्रीहरु पोष्ट गरिरहेका बेला आयोगको यस्तो भनाई बाहिर आएको हो ।

कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारहरुको चुनिने अधिकारमाथि नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उम्मेदवारहरुलाई चुनिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने उनले स्पष्ट पारे । आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन् गर्न नमिल्ने उनको भनाई थियो ।

आयोगले उम्मेदवारहरुमाथि गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुन: निर्देश गरेको छ । आयोगका प्रवक्ता पौडेलले कसैले पनि उम्मेदवारहरुको चरित्र हत्या गर्न नपाउने समेत बताए । सीमा भित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारहरुलाई भनिएको उनले बताए ।

सम्बन्धित टेक कम्पनीहरुसँग सम्पर्कमै रहेकाले उनीहरुले सामाजिक सञ्जालमा गरेको खर्चको विवरण समेत लिईरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसको कडाईका साथ पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend