logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • भारतले १६ लाख तोक्यो ढुंगा लागेर मृत्यु भएका बालकको मुल्य, परिवार शव बुझ्न सहमत

    भारतले १६ लाख तोक्यो ढुंगा लागेर मृत्यु भएका बालकको मुल्य, परिवार शव बुझ्न सहमत

    4.7K
    Shares
    भारतले १६ लाख तोक्यो ढुंगा लागेर मृत्यु भएका बालकको मुल्य, परिवार शव बुझ्न सहमत

    काठमाडौं । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडितका परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

    दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमती अनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख अर्थात १० लाख भारु उपलब्ध गराएको जानकारी दिए ।डीएसपी पाण्डेका अनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

    अगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ । योसगं भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझ्न राजी भएका हुन् । परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend