मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घनश्याम भुसालले भने-ओलीले संविधानलाई नै इन्कार गरेपछि त्यसको विरुद्ध आन्दोलनमा उत्रिनुपर्यो

घनश्याम भुसालले भने-ओलीले संविधानलाई नै इन्कार गरेपछि त्यसको विरुद्ध आन्दोलनमा उत्रिनुपर्यो

काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।
नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको भुषालको भनाई थियो ।

आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर गरे ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही १ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुषालले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथिनै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे ।

भुषालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको समेत आरोप लगाए । ओलीले संविधानलाई कागजको खोष्टोको रुपमा परिणत गराउने दुश्साहस गरेको समेत आरोप लगाए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend