logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बालेन र हर्कले जस्तै काम गर्ने मन छ : महेश भट्टराई

    बालेन र हर्कले जस्तै काम गर्ने मन छ : महेश भट्टराई

    8.2K
    Shares
    बालेन र हर्कले जस्तै काम गर्ने मन छ : महेश भट्टराई

    पोखरा । सत्ता गठबन्धनको तर्फबाट स्याङजा क्षेत्र नम्वर २ को (ख)  का उम्मेदवार महेश भट्टराईले स्थानीय तहमा ५ वर्ष गरेको कामको अनुभवले प्रदेशमा काम गर्ने बताएका छन् । मत माग्न मतदाताको घरघरमै पुगेका भट्टराईले ०७४ सालको निर्वाचनमा वडा अध्यक्ष बनेर एउटा मात्रै वडाको जिम्मेवारी लिएर काम गरेको अनुभवले अब स्याङजा २ को ख का २६ वटै वडाको जिम्मेवारी लिन आफु तयार रहेको बताएका हुन् ।

    ‘मैले २०७४ सालको स्थानीय तह निर्वाचनमा गल्याङ नगरपालिका ३ को वडा अध्यक्ष भएर ५ वर्ष वडाको मात्रै विकासका लागि काम गरेको छु् । त्यतिबेला पनि कुनै पार्टी नभनि वडाका समस्या हल गरेको छु ।’ उनले भने । ‘ढल व्यवस्थापन, सरसफाई, वडाको आफ्नै भवनमा सेवा विस्तार गरेको छु । गल्याङ बहुमुखी क्याम्पसमा खानेपानीको व्यवस्थापन, गण्डकी प्रदेशको सहकार्यमा धैयाखेत खानेपानी लिफ्टिङ आयोजना, गल्याङ सामुदायिक अस्पताललाई नगर अस्पतालमा परिणत तथा पुर्वाधारमा धेरै काम गरेको छु । कसैलाई पनि गुनासो गर्ने ठाउँ राखिन । अघिल्लो ५ वर्ष एउटा वडा चलाए, सोही अनुभवले अब २६ ओटा वडाको जिम्मेवारी लिन सक्षम छु ।’ उनले भने ।

    स्याङजा २ को ख मा कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको ११ ओटा वडा मध्य ६ र ७ बाहेक सबै वडा पर्दछन् । जसमा कालिगण्डकी गाउँपालिका कृषि, पर्यटन र धार्मिक दृष्टिकोणले परिचित छ भने चापाकोट नगरपालिका कृषि र पर्यटनको व्यापक सम्भावना बोकेको नगरपालिका हो । यस्तै गल्याङ नगरपालिका प्रदेश ख को सदरमुकाम र सिद्धार्थ राजमार्गसँग जोडिएको नगरपालिका व्यापार व्यवसायका लागि उपयुक्त मानिन्छ ।

    उम्मेदवार भट्टराईले आफुले चुनाव जिते यी तिन पालिकाको आर्थिक, सामाजिक र पुर्वाधार विकासको जिम्मा लिने बाचा गरे । सुनौले नेपालसँग कुराकानीमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जस्तै डटेर काम गर्ने प्रतिवद्धता जनाए ।

    ‘जसरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो काम सरासर गर्नुभएको छ । उहाँहरुबाट म पनि प्रभावित छु ।’ सुनौलो नेपालसँग उनले भने ‘चुनाव जितेभने मैले पनि त्यसरी नै काम गर्छु ।’

    मतदाताको घरमा पुग्दा अरु नेता जस्तै भोट माग्न मात्रै आउने अरुबेला हराउने त हैन ? भन्ने प्रश्न सुनेको बताउँदै उनले पहिला पनि साथ दिएको र अब पनि साथ दिईरहने जनाए । ‘थाहा नपाएको कुरा छुट्टै हुन्छ तर कोही दुःख मा छ भनेको थाहा पाएको सबैजसो घरमा म करिब करिब पुगेको छु । दुःखमा पहिलेदेखिनै साथ दिँदै आएको छु ।’ उनले भने ।

    उनले आफ्नो क्षेत्रको सभ्यता र सस्कृतिको संरक्षण गरि समाज विकास गर्ने लक्ष्यमा साथ दिन मतदातालाई आग्रह गरे । गण्डकी प्रदेशको महत्वपुर्ण निती नियम बनाउन पनि आफ्नो भुमिका रहने सुनौलो नेपाललाई बताए ।  भट्टराई नेपाली कांग्रेस स्याङजा २ ख को सभापति समेत हुन् भने उनले ०७४ सालको निर्वाचनमा गल्याङ नगरपालिका ३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । सरल र वडाध्यक्ष रहँदाको लोकप्रियताका कारण कांग्रेसले उनलाई प्रदेश ख मा गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको हो ।

    उनको क्षेत्रमा स्थानीय तहको मतपरिणमा अनुसार गठबन्धन अगाडी छ । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चापाकोट र गल्याङ नगरपालिकाको प्रमुख उपप्रमुख कांग्रेसले जितेको थियो भने कालिगण्डकी गाउँपालिको प्रमुख उपप्रमुख नेकपा एमालेले जितेको थियो ।

    चापाकोट नगरपालिकामा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुको कुल ६ हजार ९ सय २४, एमालेका वडाध्यक्षहरुले ५ हजार ७ सय १८ मत पाएका थिए । स्थानीय चुनावमा एक्ला एक्लै चुनाव लडेको र हाल गठबन्धनमा रहेको माओवादीका वडाध्यक्षहरुले ६ सय ३३, मंगाल नेशनल अर्गनाइजेसनले १७२, एकीकृत समाजवादीले १५८, राप्रपाले ८७, जनता समाजवादीले ४५ र स्वतन्तले ४१५ मत पाएका थिए ।

    यस्तै ११ वडा मध्य ६ र ७ बाहेकका सबै वडा प्रदेश ख मा परेको गल्याङ नगरपालिकामा कांग्रेसका वडाध्यक्षहरुले कुल ७ हजार ७ सय ६७, एमालेको ६ हजार ८ सय ९०, माओवादीले ६ सय ६४, राप्रपाले १०९, एकीकृत समाजवादीले ५० र मंगोल नेशनल अर्गनाइजेसनले २९ मत पाएको थियो ।

    कालीगण्डकी गाउँपालिकामा भने एमाले अगाडी छ । जहाँ एमालेका वडाध्यक्षहरुले कुल ६ हजार १ सय १९, काग्रेसले ५ हजार ६ सय ७५, र जनता समाजवादीले १४ मत पाएको थियो । यसरी प्रदेश ख मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले २० हजार ३ सय ६६ मत पाउँदा एमालेको कुल मत १८ हजार ७ सय २७, माओवादीको १ हजार २ सय ९७ एकीकृत समाजवादीको २०८ मत छ । गठबन्धन रहेको प्रदेश ख मा ३१४४ मतले एमाले भन्दा गठबन्धन अगाडी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend