आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रचण्ड भन्छन्-देशमा आएको ऐतिहासिक परिवर्तन माओवादीकै देन हो

प्रचण्ड भन्छन्-देशमा आएको ऐतिहासिक परिवर्तन माओवादीकै देन हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै नेतृत्वमा देशको ऐतिहासिक परिवर्तन भएको दाबी गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले देश विकास र प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

प्रचण्डले ०७४ सालमा वाम एकता गरेर बहुमतको सरकार बनाउँदा समेत केपी ओलीको कारणले असफल भएको बताए । उनले ओलीले दुई पटक संसद् विघटन गरेकै कारणले अहिलेको गठबन्धन बनेको औँल्याएका छन्।

आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न आह्वान गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend