logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अन्तबाट चुनाव लडे हारिन्छ कि भनेर गोरखा रोजेको होईन : प्रचण्ड

    अन्तबाट चुनाव लडे हारिन्छ कि भनेर गोरखा रोजेको होईन : प्रचण्ड

    2.6K
    Shares
    अन्तबाट चुनाव लडे हारिन्छ कि भनेर गोरखा रोजेको होईन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भईसकेको दाबी गरेका छन् । गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको अध्यक्ष दाहालको भनाई थियो । सोमबार काठमाडौंमा आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवि र गठबन्धनका नेताहरुको आग्रहमा मात्रै आफूले गोरखाबाट चुनाव लडने निर्णय लिएको स्पष्टिकरण समेत दिए ।

    अध्यक्ष प्रचण्डले चुनाव हारिन्छ कि भनेर आफूले गोरखामा पुगेर उम्मेदवारी नदिएको पटक पटक दोहो¥याए । अध्यक्ष दाहालले जनयुद्ध र जनक्रान्तिको सम्पूर्ण तयारी गोरखाबाट भएकाले आर्थिक समृद्धिको अभियान पनि सोही ठाउँबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास लिएको जिकिर गरे । अध्यक्ष दाहालले सत्ता गठबन्धन कायमै रहने पनि जिकिर गरे । संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षडयन्त्र भएसम्म यो गठबन्धन टिकीरहने उनको भनाई थियो ।

    सत्तारुढ गठबन्धनको मुख्य एजेण्डा भनेको आर्थिक विकासलाई गतिदिने रहेको पनि दोहो¥याउनु भयो । विस्तृत शान्ति सम्झौताको बेलानै समृद्धिका लागि क्रमभंगता भनेको र अव त्यो छिट्टै हुने पनि अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालले मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्ने अवस्था रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend