logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ५६.१० अंकले वृद्धि

    नेप्से परिसूचक ५६.१० अंकले वृद्धि

    3.3K
    Shares
    नेप्से परिसूचक ५६.१० अंकले वृद्धि

    काठमाडौं । मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६.१० अंकले वृद्धि भएर १९३०.९७ बिन्दुमा पुगेको हो ।

    त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ । मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

    नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ । त्यस्तै,फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ ।

    विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
    मंगलवार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    त्यस्तै, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend