आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देउवालाई चुनावी प्रचारमा डडेल्धुरा जान सर्तसहित आयोगले दियो अनुमति

देउवालाई चुनावी प्रचारमा डडेल्धुरा जान सर्तसहित आयोगले दियो अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रचारका लागि सर्त राखेर अनुमति दिएको छ । देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा थिए । उनलाई सरकारी स्रोत साधन प्रयोग नगर्ने शर्तमा उनलाई प्रचारप्रसारको अनुमति दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि आयोगमा पत्र पठाएको थियो ।

आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ । निर्वाचन आचारसंहिता भन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अनुमति दिइएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले सैनिक जहाज र हेलिकप्टर प्रयोग गरेर चुनावी दौडाहा गरेकोबारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको भन्दै त्यसको खर्चबारे आयोगले प्रश्न गरेको थियो । साथै अनुगमनको लागि अख्तियारलाई आग्रह गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend