
धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आएका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए ।
उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी हेलिकोप्टरमार्फत धनगढी आएका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा सकेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend