logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नमूना मतदान : एकसय पाँच मतदानमध्ये पाँचवटा मतपत्र बदर

    नमूना मतदान : एकसय पाँच मतदानमध्ये पाँचवटा मतपत्र बदर

    3.4K
    Shares
    नमूना मतदान : एकसय पाँच मतदानमध्ये पाँचवटा मतपत्र बदर

    मोरङ । प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आज सञ्चालन गरेकाे नमूना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत सदर भएको कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।

    मतदान कार्यक्रममा प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक दुई मतपत्र र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकमा गरी दुई गरी जम्मा चार मतपत्रमा नागरिकले मतदान गरेका छन् ।

    स्थानीय तह निर्वाचनमा मतदाताले एउटै मतपत्रमा प्रमुख र उपप्रमुख दुई स्थानमा मतदान गरेकाले नमूना मतदानमा समेत एक स्थान गर्नुपर्नेमा दुई स्थानमा मतदान गरेको पाँचवटा मतपत्र बदर गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयोगद्वारा मतदातालाई जागरुक गर्ने यस प्रकारको अभियानले मत बदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यालयका प्रमुख अधिकारीले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत महत्वपूर्ण अभियान भएको र आगामी तीन दिनसम्म जिल्लाका अन्य १६ पालिकामा दुईरतीन जनाको टोली बनाई मतदान कार्यक्रम सञ्चालन गरिने बताए । नमूना मतदान कार्यक्रम एक घण्टा सञ्चालन हुनका साथै मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend