आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देउवालाई गृहजिल्लामा स्वागत गर्न प्रतिस्पर्धी सागर ढकाल पनि लाईनमा

देउवालाई गृहजिल्लामा स्वागत गर्न प्रतिस्पर्धी सागर ढकाल पनि लाईनमा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका छन् । देउवाको स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाईनमा उभिएका छन् ।

उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend