आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतको आदेश, सुन्धारा कारागारमा राखिने

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतको आदेश, सुन्धारा कारागारमा राखिने

काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, मैनालीले भने । लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल क्यान ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।

एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएका थिए । त्यसै दिन प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend