
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताए ।
विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप,धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनको भनाई छ । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनले सुनाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गरे । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend